जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • शिखर इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

शिखर इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।

कम्पनीले गत चैत ९ गते सम्पन्न १५औं र १६औं साधारण सभाबाट पारित २७ दशमलव ७७ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले फागुन २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।

साथै, फागुन २५ गतेसम्म शेयर धितोमा बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न अनुरोध गरिएको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

5560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्