जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • शिखरको स्वास्थ्य बीमामा कोभिडको जोखिम समेत कभर हुने

शिखरको स्वास्थ्य बीमामा कोभिडको जोखिम समेत कभर हुने

शिखर इन्स्योरेन्स कम्पनीले संचालनमा ल्याएको स्वास्थ्य बीमाअन्तर्गत कोभिडको जोखिम समेत कभर हुने स्किमप्रति आकर्षण बढेको छ । कोभिड १९ को दोस्रो लहरसँगै स्वास्थ्य बीमा अन्तर्गत कोभिडको जोखिम समेत कभर हुने यस स्किमप्रति मानिसको आकर्षण बढेको हो ।

गत साल बैशाखबाट शुरु भएको यस स्किमबाट कोभिड १९ का धेरै संक्रमितले राहात पनि पाइसकेका छन् । शिखरको यस स्वास्थ्य बीमा स्किमअन्तर्गतको सुविधा पाउन कोभिड १९ बाट बिरामी भएका बीमितहरुले कम्तीमा २४ घण्टा अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्छ । सो अवधिमा उपचारका दौरान अस्पतालमा लागेको सम्पूर्ण खर्चको भार शिखर इन्स्योरेन्सले व्यहोरिदिने भएकाले अहिलेको महामारीमा सर्वसाधरणलाई राहात मिलेको कम्पनीले बताएको छ ।

यस स्किम खरिद गर्ने बीमितले ५० हजारदेखि १० लाख रुपैयाँसम्मको कोभिड उपचार सेवा अन्तर्गतको दाबी भुक्तानी पाउनेछन् र कतिपय विरामीहरुले यस सुविधा समेत पाइसकेको कम्पनीले जनाएको छ ।

सरकारले ल्याएको कोभिड बीमाको स्किम असारबाट सकिने घोषणा भइसकेको अवस्थामा त्योभन्दा उत्तम स्किमको खोजी गर्नेहरुका लागि शिखरको स्वास्थ्य बीमा राम्रो विकल्प बन्नसक्छ । शिखरको स्वास्थ्य बीमाको स्किमले कोभिडको मात्र नभई १ हजारभन्दा बढी रोगको जोखिमलाई समेत कभरेज गरिदिने गरेको छ ।

निर्जीवन बीमा कम्पनीमै सबैभन्दा पहिला नेपालमा स्वास्थ्य बीमा शुरु गरेको शिखर इन्स्योरेन्सले हाल १ हजारभन्दा बढी रोग लाग्दा त्यसको उपचार खर्च व्यहोर्ने लोकप्रिय सेवा ६ हजार बढी अस्पतालबाट प्रवाह गरिरहेको छ ।

7325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?