जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सन नेपाल लाइफद्धारा १० लाख ४३ हजार रुपैयाँ दाबी भुक्तानी

सन नेपाल लाइफद्धारा १० लाख ४३ हजार रुपैयाँ दाबी भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मृतकको परिवारलाई बीमा वापतको मृत्यु बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको शाखा कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङकी स्वर्र्गीय केशमाया पुन घर्र्तीका हकवालालाई दाबी वापतको रकम भुक्तानी गरेको हो ।

कम्पनीले मृतकको परिवारलाई १० लाख ४३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । केशमायाको २०७७ पुस २८ गते दुर्घटनाका कारण मृत्यु भएको थियो । दुई किस्ता बीमा शुल्क बापत ७० हजार ४ सय १० तिरेकी केशमायाको हकवालालाई उक्त वापतको रकम हस्तान्तरण गरेको हो ।

ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीका, उपप्रमुख कर्र्मती पुन, ढोरपाटन नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हेमेन्द्र घर्ती मगर,वडा नम्बर ५ का अध्यक्ष जिवन पुन, इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्त, समाजसेवी तुल्सीराम अर्याल, ऋतुवर्ण पौडेल, उत्तम महत, इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर लगाएतको उपस्थिती थियो ।

7230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?