जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको शेयर लिलामीमा

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको शेयर लिलामीमा

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको शेयर आजबाट लिलामी मार्फत विक्री गर्ने भएको छ । कम्पनीले नागरिक लगानी कोषको रहेको १ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको हो ।

लिलामी शेयरमा विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आजदेखि असर १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त लिलामी शेयरको न्यूनतम मूल्य १२ सय रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताहरुले सो वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । बोलपत्र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ ।

7295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका