जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • वाणिज्य बैंकको १ अर्ब रुपैयाँको म्युचुअल फण्ड असार २३ गतेबाट

वाणिज्य बैंकको १ अर्ब रुपैयाँको म्युचुअल फण्ड असार २३ गतेबाट

राष्ट्रिय वाणिज्य बैंकले आरबिबि म्युचुअल फण्डअन्तर्गत असार २३ बाट एक अर्ब रुपैयाँको आरबीबी म्युचुअल फण्ड १ निष्कासन गर्ने भएको छ। आरबीबी मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यस म्युचुअल फण्ड बन्दमुखी योजना हो। जसको अवधि ७ वर्ष रहने बैंकले जनाएको छ।

लगानीकर्ताहरुले न्यूनतम १०० कित्तादेखि अधिकतम एक करोड कित्ता खरिद गर्न सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ।

इक्रा नेपालले कोष प्रवर्द्धकलाई एनपी ए प्लस रेटिङ दिएको छ।

कोष प्रवर्द्धकले योजनाद्वारा बिक्री गर्ने कुल एकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले दुई प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्ने जनाएको छ। छोटोमा इकाइ बिक्री असार २७ गते बन्द हुने बैंकले जनाएको छ।

7485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका