जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नबिल बैंकले ल्यायो कर्जाको लागि अनलाइन आवेदन दिन सकिने सुविधा

नबिल बैंकले ल्यायो कर्जाको लागि अनलाइन आवेदन दिन सकिने सुविधा

नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन दिन सकिने व्यवस्था सुरु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details)गई साना तथा मझौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको हो ।

यस सुबिधा बैंकलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको र ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरिएको छ । यो सुविधा बैंकद्वारा जारी अभियान “नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता” अनुरूप रहेको बैंकले उल्लेख गरेको छ ।

हालसम्म् बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको मार्फत सेवा प्रवाह गरिरहेको छ ।

8115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका