जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • नेक्सन इभी खरीदका लागि एनएमबि बैंकले कर्जा दिने

नेक्सन इभी खरीदका लागि एनएमबि बैंकले कर्जा दिने

नेक्सन इभी खरीदका लागि एनएमबि बैंकले कर्जा दिने भएको छ। टाटा मोटर्सको नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र एनएमबि बैंकबीच कर्जा दिने सम्वन्धि सम्झौंता भएको छ।

यो सम्झौंता अनुसार बैंकले सहुलियतपूर्ण कर्जा दिनेछ। सम्झौता अन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुले शुन्य प्रतिशत प्रिमियम सहित बैंकको बेस रेट ब्याजदरमा बैंकले कर्जा दिनेछ।

बैंकले २४ कार्य घण्टाभित्र ८० प्रतिशत सम्म फाईनान्सको सुविधा उपलब्ध गराउनेछ।

सम्झौतापत्रमा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति बैंकका व्यापार तथा रणनीति प्रमुख  अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरे।

7740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका