जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • कुमारी बैंकद्वारा दश हजार नगद राशिसहित ‘कुमारी स्मार्ट लगइन च्यालेन्ज’

कुमारी बैंकद्वारा दश हजार नगद राशिसहित ‘कुमारी स्मार्ट लगइन च्यालेन्ज’

कुमारी बैंकले ग्राहकवर्गहरुलाई लक्षित गरी कुमार स्मार्ट वान मन्थ लगइन च्यलेन्ज नामक आकर्षक अभियान शुरु गरेको छ । उक्त अभियानमा लक्की ड्र मार्पmत प्रत्येक हप्ता १० जनार महिना भर ४० जना भाग्यशाली सहभागीहरुले एक हजारका दरले पुररस्कार प्राप्त गर्न सकिने बैंकले जनाएको छ । अभियानको अन्त्यमा एक भाग्य शालीकुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार दश हजार रुपैयाँ नगद प्राप्त गर्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुन ग्राहकले सो अभियान शुरू भएको १ महिनासम्म तलमध्ये न्यूनतम कुनै एक कार्य दैनिक रुपमा गर्नुपर्नेछ । सो अभियान भादौ १ २०७७ देखि शुरू हुने बैंकले जनाएको छ । कुमारी स्मार्ट एपमार्फत आफ्नो खाताको विवरण बैंक स्टेटमेन्छ हेर्ने अथवा टप–अप, बिल भुक्तानी, क्यूआर भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्ने छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।

8000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका