जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ज्योति लाइफद्धारा मृतकको परिवारलाई १० लाख बीमा दाबी भुक्तानी

ज्योति लाइफद्धारा मृतकको परिवारलाई १० लाख बीमा दाबी भुक्तानी

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तेह्रथुमका बीमितको निधनपछि परिवारलाई बीमा वापतको दाबी भुक्तानी हस्तान्तरण गरेको छ । सवारी दुर्घटनाका कारण ज्यान गुमाएका म्याङलुङ नगरपालिका–२ निवासी यमबहादुर लिम्बुको छोरालाई कम्पनीले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीको तेह्रथुम उपशाखाले एक औपारिक कार्याक्रमको आयोजना गरि मृतकका छोरा सेन्छेहाङ लिम्बुलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। उक्त चेक म्याङलुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङफेले हस्तान्तरण गरेका हुन् ।

ज्योति लाइफको सुरक्षित बचत जीवन बीमा योजना अन्तर्गतको बीमालेख लिएका यमबहादुर लिम्बुको गत साउन २ गते सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो । लिम्बुले रु।५ लाखको विमा गरेर कम्पनीमा २ किस्ता बुझाएका थिए ।

दुर्घटना विमा अन्र्तगत विमाङकको दोब्बर १० लाख र ५० हजार बोनस पिडित परिवारलाई प्रदान गरिएको ज्योती लाईफ कम्पनी तेह्रथुमका उप–शाखा प्रमूख ठाकुर सेनेहाङले जानकारी दिनुभयो ।

मृत्यू दावी भुक्तानी कार्यक्रममा नगर प्रमुख , म्याङलुङ नगरपालिका १ नं.वडाध्यक्ष,२ नं.वडाध्यक्ष,पत्रकार,समाजसेवी तथा स्थानीयबासीको सहभागिता रहेको थियो ।

6690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका