जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • रिलायन्स लाईफले‌ ल्यायो हर वर्ष नगद वर्षा हुने बीमा योजना

रिलायन्स लाईफले‌ ल्यायो हर वर्ष नगद वर्षा हुने बीमा योजना

रिलायन्स लाईफ इन्स्योरेन्सले जीवन बीमा योजना ‘वार्षिक धन वर्षा’ प्रचलनमा ल्याएको छ । यस बीमा योजना अन्तर्गत बीमितले प्रत्येक वर्ष बीमांकको ५ प्रतिशत रकम अग्रिम भुक्तानीवापत प्राप्त गर्ने सुविधा रहेको छ ।

कम्पनीले १५ र २० वर्षे अवधिको मात्र यो जीवन बीमा योजना प्रचलनमा ल्याएको छ। १५ वर्षे जीवन बीमामा बीमा शुरु भएको १ वर्षपछि प्रत्येक वर्ष बीमांकको ५ प्रतिशतको दरले रकम भुक्तानी दिइने र बीम अवधिको समाप्तीमा बाँकी रहेको बीमांकको रकम र आर्जित बोनश एकमुष्ठ भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी २० वर्षे अवधिको वार्षिक धन वर्षा जीवन बीमामा बीमांक रकम अग्रिम भुक्तानी र आर्जित बोनश बाहेक बीमा अवधिको समाप्तीमा बीमांकको थप १० प्रतिशत रकम अतिरिक्त भुक्तानी गरिने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । अन्य कम्पनीले प्रचलनमा ल्याएको वार्षिक धनलाभ बीमामा बीमांकको ५ प्रतिशतको दरले फिर्ता र आर्जित बोनश रकम मात्र दिने प्रावधान रहेकोमा रिलायन्स लाईफले प्रचलनमा ल्याएको यस बीमा योजना अन्तर्गत २० वर्षे अवधिको बीमामा थप १० प्रतिशत रकम भुक्तानी गर्ने अतिरिक्त विशेषता रहेको छ ।

बीमा अवधि भित्र बीमितको मृत्यु भएको अवस्थामा इच्छाएको व्यक्तिलाई बीमांक रकम र आर्जित बोनश एकमुष्ठ प्रदान गरिने रिलायन्स लाईफ इन्स्योरेन्सले जानकारी दिएको छ । न्यूनत्तम १ लाख रुपैयाँ बीमांकदेखि शुरु हुने यो जीवन बीमा १८ देखि ५५ वर्ष उमेर समूहको लागी उपलब्ध छ । यस बीमा योजनामा बीमितले अतिरिक्त सुविधावापत दुर्घटना मृत्यु लाभ, स्थायी अशक्तता, बीमाशुल्क मिनाहा समेत समावेश गर्न सक्ने विकल्प उपलब्ध रहेको छ ।

7905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?