जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई दराजको ११.११ योजनामा ३५०० सम्मको छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई दराजको ११.११ योजनामा ३५०० सम्मको छुट

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको ११.११ योजनामा ३५०० रुपैयाँसम्म छुट पाउने भएका छन् । पछिल्लो समय ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाइन मार्फत आफुलाई आवश्यक विभिन्न सामानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहकहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै ३५०० रुपैयाँसम्मको विशेष छुटको योजना ल्याएको हो । 

जस अन्र्तगत दराजको ११.११ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम ३५०० रुपैयाँसम्मको छुटको सुबिधा उपयोग गर्न सक्नेछन् ।  

बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गर्नुभएमा १५ प्रतिशत वा अधिकतम तीन हजारसम्म छुट र क्रेडिट कार्ड प्रयोग गर्नुभएमा १५ प्रतिशत वा अधिकतम ३५०० रुपैयाँसम्म छुटको पाउनेछन् । 

यो योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी ३५०० रुपैयाँसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।

7250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका