जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१

बैंकिङ्ग

निफ्राको नाफा बढ्यो

निफ्राको नाफा बढ्यो

शेयर बजारको इतिहासमै सबैभन्दा ठूलो साधारण शेयर (आईपीओ) निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूनाफा ३४.३७ प्रतिशतले बढाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ करोड २० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

निफ्राले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ मात्र खुद मूनाफा आर्जन गरेको थियो । निफ्राको प्रति शेयर आम्दानी घने घटेको छ । आइतबार सार्वजनिक वित्तीय प्रतिवेदन अनुसार प्रति शेयर आम्दानी १ रुपैयाँ १६ पैसाले घटेर ४ रुपैयाँ ८४ पैसा पुगेको छ ।

गत वर्ष ८ अर्ब रुपैयाँको सर्वसाधारणका लागि निफ्राले आईपीओ जारी गरेको थियो । आईपीओमा आवेदन दिएका (रद्द बाहेक) सबैले शेयर हात पारेका थिए

4125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका