जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सिटिजन्स् बैंकले थाल्यो कमलादीबाट ‘प्रिभिलेज काउन्टर

सिटिजन्स् बैंकले थाल्यो कमलादीबाट ‘प्रिभिलेज काउन्टर

सिटिजन्स\ बैंक इन्टरनेशनल लिमिटेडले प्रिभिलेज बैंकिङ काउन्टर काठमाडौंको कमलादीस्थित आफ्नै भवनबाट संचालनमा ल्याएको छ। 

यसअघि बैंकले नारायणहिटी पथमा रहेको बैंकको मुख्यालयबाट यो काउन्टमार्फत सेवा प्रदान गर्दै आएको थियो। 
सिटिजन्सले आफ्ना प्रतिष्ठित ग्राहकहरूका लागि सजिलो, छरितो र झन्झटरहित किसिमले आफ्‍ना प्रतिष्ठित ग्राहकलाई विशिष्टीकृत सेवा प्रदान गर्नका लागि कमलादीमा यो काउन्टर विस्तार गरेको जनाएको छ।

सिटिजन्स बैंकका हाल नेपालभर कुल १७४ शाखा,  १२३  एटीएम र ११३ वटा शाखारहित बैंकिङ्ग सञ्जालहरु रहेका छन्। यसबाट करिब साढे १२ लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गरिरहेको बैंकको दाबी छ।

7320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?