जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभामा लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभामा लाभांश पारित

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) को वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश पारित गरेको छ। भर्चुअल भएको सभामा शुक्रबार बैंक सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेलेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सभाले कुल १६ प्रतिशत लाभांश पारित गरेको छ। यसमध्ये १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश रहेको छ। 

गत वर्ष बैंकले ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो। बैंकले ३.५५ अर्ब रुपैयाँ खुद नाफा गरेको थियो। बैंकको चुक्ता पुँजी १८.३० अर्ब रुपैयाँ पुगेको छ। 

बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् सेवा दिइरहेको छ। बैंक पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्डबाट सम्मानित भइसकेको छ ।

4660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका