जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एशियन लाइफद्वारा २९ लाख मृत्युदाबी भुक्तानी

एशियन लाइफद्वारा २९ लाख मृत्युदाबी भुक्तानी

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा गोरखाको धार्चे ०४,लाप्राक निवासी श्री सुन बहादुर गुरुङको आश्रित परिवारलाई अठ्ठाइस लाख चौबीस हजार चार सय बाउन्न रुपैयाँ दाबी भुक्तानी गरिएको छ ।२०७८ माघ १४ गते हृदयघातको कारण मृत्यु भएको थियो । २०७८ फागुन २२ गते दाबी भुक्तानीवापतको चेक बीमितको श्रीमति तेरता कुमारी गुरुङलाई रिजनल हेड बद्रिनाथ पौडेल र वडा अध्यक्ष राज गुरुङले संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर राजकुमार श्रेष्ठ, सचिन सुवेदी, रेवीलाल गुरुङ,एजेन्सी म्यानेजर किसान गुरुङ, गोरखा उपशाखा इन्चार्ज भाईकाजी आलेको उपस्थिति रहेको थियो ।त्यसैगरी एशियन लाईफ इन्स्योरेन्सले धिरेन्द्र बहादुर शाहीको आश्रित परिवारलाई मृत्युदाबीवापत १ लाख ३३ हजार ८ सय ६ रुपैयाँ दाबी भुक्तानी गरेको छ। दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका ४ स्थित निवासमा स्वर्गिय शाहीको श्रीमती दिल्मा कुमारीलाई दाबीवापतको चेक हस्तान्तरण गरिएको हो । चामुन्डाविन्द्रासैनि न.पा ४ का वडा अध्यक्ष पबित्रा शाही,एशियन लाइफको दैलेख शाखा प्रबन्धक डम्मर ढकाल सिनियर एजेन्सी मेनेजर ललिता थापा लगायतको उपस्थिति थियो।

6485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?