जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • जानकी टेक्नोलोजीले एसएमएस सेवामार्फत नेपालमा स्वास्थ्य सेवा सक्षम बनाउन एक पायला फाउन्डेसनसँग सहकार्य

जानकी टेक्नोलोजीले एसएमएस सेवामार्फत नेपालमा स्वास्थ्य सेवा सक्षम बनाउन एक पायला फाउन्डेसनसँग सहकार्य

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जानकी टेक्नोलोजी (SPARROW SMS) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत  गतिविधिहरुका लागि एक एक पाइला फाउन्डेसनसँग सम्झौता गरेको छ ।

एक एक पाइला नेपालको स्वास्थ्य अवस्था सुधार गर्न काम गर्ने समान विचारधारा भएका व्यक्तिहरूको समूह हो। एक एक पाइला ले बिशेषत नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । एक एक पाइला फाउन्डेसनका संस्थापक डा. सुमन शमशेर थापा र जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् जसमा जानकी टेक्नोलोजीले SPARROW SMS मार्फत विभिन्न माध्यमबाट सर्वसाधारण जनतामा फाउन्डेसनको सेवा तथा जानकारी प्रवर्द्धन गर्न एक एक पाइला सँग सहकार्य गर्ने छ ।

7870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?