जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्सले वैशाख २७ गतेदेखि एकीकृत कारोबार थाल्ने

प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्सले वैशाख २७ गतेदेखि एकीकृत कारोबार थाल्ने

मर्ज भएका प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्सले वैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन्। मर्जरपछि नयाँ बनेको कम्पनी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने कम्पनीले जनाएको छ।नयाँ कम्पनीको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत को रहने भन्ने खुलाएका छैनन्।

शुक्रबार कम्पनीको संचालक समितिले मर्जर सम्बन्धित निर्देशिकाअनुसार संयुक्त एकीकृत कारोबार गर्ने मिति तय गरेको हो।
दुई कम्पनीबीच माघ २९ गते सेयर अनुपात १:१ कायम रहने गरी मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ८० करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको एक अर्ब १८ करोड छ।
मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब भन्दा बढी पुग्नेछ।

नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी साढे २ अर्ब पुर्याउन निर्देशन दिएपछि यी दुई कम्पनीले अन्तिम चरणमा मर्जर प्रकृयामा गएका हुन्।

1145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका