जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण

महालक्ष्मी बिकास बैक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस बैंकले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दै आएको छ । 

सोही कार्यक्रम अन्तर्गत यस बैंकको बैतडी, पाटन शाखाले पाटन ४ स्थित भुमेश्वर माध्यमिक विद्यालयलाई  खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमका विच उक्त खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको हो । यस क्षेत्रले भलिबल खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेकाले यस क्षेत्रका खेलाडीहरुलाई खेलप्रति थप  हौसला प्रदान गर्न तथा खेलकुद विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको कुरा पाटनका शाखा प्रबन्धक बिजय शाहले बताए । 

5235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका