जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेप्सेमा साढे ८५ लाख कित्ता सेयर थपियो

नेप्सेमा साढे ८५ लाख कित्ता सेयर थपियो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे ८५ लाख कित्ता सेयर थपिएको छ। सोमबार नेप्सेमा एक वाणिज्य बैंक सहित एक लघुवित्त, एक जीवन बीमा र एक वित्त संस्थाको सेयर समावेश भएको हो। 

नेप्सेले सोमबार नेपाल एसबिआई  बैंक, प्राइम लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स र वोमी लघुवीत्तको बोनस सेयर सूचीकृत गरेको हो।
यी संस्थाहरुको कुल ८५ लाख ४९ हजार ९६६.८३ कित्ता बोनस सेयर सूचीकृत भएको छ। उक्त बोनस सेयर गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण भएको हो। 

आर्थिक वर्ष २०७७/७८ का लागि नेपाल एसबिआई बैंकले कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर वितरण गर्दा वोमी लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत र पोखरा फाइनान्सले ८.०७५ बोनस वितरण गरेको हो।  

नेप्सेमा नेपाल एसबिआई  बैंकको अहिले बोनस सेयर बापतको ३३ लाख २२ हजार ७५२.२६ कित्ता थप हुँदा प्राइम लाइफ इन्स्योरेन्सको ३६ लाख २५ हजार ५८५.५४ कित्ता सेयर सूचीकृत भएको छ। यसैगरी, वोमी लघुवित्तको ८ लाख २३ हजार ८८८.८ कित्ता सेयर थपिँदा पोखरा फाइनान्सको ७ लाख ७७ हजार ७४०.२३ कित्ता सेयर थपिएको हो। 

सोमबार सूचीकृत भएका यी सेयरहरुको दोस्रो बजारमा कारोबार भने सेयरधनीहरुको डिम्याट खातामा आए पश्चात मात्र गर्न सकिनेछ। 

6200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?