जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नेपाल बङ्गलादेश बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

नेपाल बङ्गलादेश बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

नेपाल बङ्गलादेश बैंकले वित्तिय साक्षरता अभिवृद्घि कार्यक्रम सञ्चालन गरेको छ । बैंकको कलकत्ता शाखाले स्थानीय बेलौरी नगरपालिका वडा नं. ८ मा वित्तिय साक्षरता अभिवृद्घि कार्यक्रम सञ्चालन गरेको हो ।

‘ग्लोबल मनि वीक–२०२२’ अन्र्तगत हरेक मुलुकका महिला तथा युवापुस्तामा वित्तीय शिक्षाको महत्वकाबारेमा जागरण ल्याउने उद्देश्यले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वित्तिय साक्षरता अभिवृद्घि कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रममा कृषक, बिद्यार्थी, घरेलु तथा लघुउद्यमी ब्यापारीबर्गहरु तथा स्थानिय जनप्रतिनिधिहरु गरी जम्मा १५० जनालाई वित्तिय सेवा सम्बन्धमा जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगद रहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंक कलकत्ता शाखाका शाखा प्रमुख श्री पंकज भट्टले डिजिटल माध्यमबाट बैकिङ्ग सेवा, विद्युतिय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा कार्यक्रममा उपस्थित सहभागीहरुलाई जानकारी गराउनु भएको बैंकले जनाएको छ ।

4565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्