जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • राष्ट्र बैंकले गाडी आयात रोक्न निर्देशन दिएपछि अटो व्यवसायीहरुको आपतकालिन बैठक

राष्ट्र बैंकले गाडी आयात रोक्न निर्देशन दिएपछि अटो व्यवसायीहरुको आपतकालिन बैठक

राष्ट्र बैंकले बैंकहरुलाई गाडी आयातको एलसी रोक्न निर्देशन दिएपछि अटोमोबाइल्स व्यवसायीहरुको आपतकालिन बैठक बस्दैछ । मंगलबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । 

सोमबार सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर राष्ट्र बैंकले गाडी आयातका लागि एलसी नखोल्न र खोले नखोलेको रिपोर्ट दैनिक राष्ट्र बैंकमा बुझाउन निर्देशन दिएपछि अटोमोबाइल्स क्षेत्रमा तरङ्ग पैदा भएको छ । 

यस विषयमा आवश्यक निर्णय गर्न र कदम चाल्न आपतकालिन बैठक बोलाईएको नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले जानकारी दिए । 

राष्ट्र बैंकको निर्देशनले अटोमोबाइल्स व्यवसायीहरु शोरुमहरु बन्द गरेर बस्नुपर्ने अवस्था आउने थापाको भनाई छ । अध्यक्ष थापाले राजश्वमा २५ प्रतिशत योगदान दिने क्षेत्रलाई अंकुश लगाईनु दुःखद भएको बताएका छन् ।

6515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्