जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जुनसुकैबेला आन्दोलन सुरु हुनसक्छ

जुनसुकैबेला आन्दोलन सुरु हुनसक्छ

नेपाली कांग्रेसको महासमिति बैठक सकिएको छ । बैठकले पार्टीको विधान संशोसन गरेर पारित गरेको छ । नेपाली कांग्रेसमा महासमिति बैठकपछि आन्तरिक समिकरण फेरवदल भएको चर्चा छ । लामो समयसम्म पानी बाराबारको व्यवहार देखाएका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच समन्ध सुमधुर भएको होकी भनिरहेका बेला महासमिति बैठकको उपलब्धि केके भए त ?

सरकारको कामकारबाहीप्रति कांग्रेसको धारणा के हो ? उता वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टीमा एकता नहुने बताएकाछन् । न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनले मात्रै पार्टीमा एकता हुनेमा नेता पौडेलको भनाई आइरहेका बेला, एजेण्डामा आधारित भएर एकता चाहेको चर्चा छ । ‘पार्टीमा क्यालेण्डर अनुसार काम गरौँ, त्यसमा एकता हुन्छ । देखाउनका लागि मात्रै नक्कली एकता काम छैन ।’ भनिरहेका बेला उपसभापति नीधिसँग राजतिलक साप्ताहिक प्रतिनिधिले गरेको वार्ताको सार ।

० नेपाली कांग्रेस अबका दिनमा कसरी अगाडी बढ्छ ?
महासमिति बैठक अत्यन्त सफल भएको छ । विधान समावेशी र लोकतान्त्रिक बनाएर संशोधन गरेका छौँ । अब विधानमा टेकेर कांग्रेस प्रभावकारी रुपमा अगाडि बढ्छ ।

० १० दिन चलेको महासमिति बैठकका उपलव्धि के के हुन त ?
भर्खरै सम्पन्न पार्टीको महासमिति बैठक ऐतिहाँसिक भयो । यो महासमिति बैठकले गरेको निर्णयका कारण नेपाली कांग्रेस पार्टीभित्र संघीयता कार्यान्वयन गर्ने पहिलो पार्टी बनेको छ । हामीले संविधानमा उल्लेख गरिएको प्रावधान अनुरुपका पार्टी संरचना बनाउने नीतिगत निर्णय महासमिति बैठकबाट गरेका छौं । समावेशी समानुपातिको व्यवस्था पार्टीमा संविधानमा उल्लेख भए अनुरुप गरेका छौं ।

साथै कांग्रेस विवादित पार्टी भएको र आन्तरिक लडाईका कारण कांग्रेसले प्रतिपक्षीका रुपमा सदन र सडकमा दरिलो उपस्थिति देखाउन सकेन भनेर आलोचना भइरहेको थियो । त्यो आलोचनालाई चिर्दै हामीले महासमिति बैठकबाट नेपाली कांग्रेसभित्र एकता छ भन्ने सन्देश देशैभरिका आम नागरिक र पार्टीका कार्यकर्तालाई दिन पनि सफल भएका छांै । सामान्य तिता मिठा भइहाल्छ । यो पनि छलफलबाट निष्कर्ष निस्कन्छ ।

० केन्द्रिय कार्यसमितिको संख्या ठूलो भएन र यो भद्या भयो भनेर पार्टी भित्रै गुनासो छ नि ?
हामीले सबै तहमा ३३ प्रतिशत महिलाको उपस्थिती गराएका छौँ । यस्ता केही समावेशी सिद्धान्तअनुसार समावेश गर्दा ठूलो देखिएको हो । साथीहरु समेटिएन भन्ने भएकाले यस्तो भएको हो । यसलाई सामान्य रुपमा ग्रहण लिनुपर्छ ।

० कांग्रेसभित्रको विवाद समाधान भएकै हो त ? नेता पौडेलले त अस्ति पनि एक कार्यक्रमा असन्तोस ब्यक्त गर्नुभयो नी ?
महासमिति बैठक सुरु हुनुभन्दा अगाडि विवादका मात्रै कुरा गरिए । कांग्रेसले विधान संशोधन गरेर पारित गराउन पनि सक्दैन भन्थे । त्यो सब लोकतन्त्रविरोधीहरुको तर्क थियो । चुनावमा पनि हारेको कांग्रेस अब झन कमजोर बन्दै जान्छ भन्ने कतिपयको अनुमान थियो । तर अहिले ति भ्रम सबै चिरिएको छ । पार्टीभित्र राजनीतिक एजेण्डामा एकता भइसकेको छ । उहाँले काहाँ के विचार राख्नुभयो तेता जान चाहान्न ।

० उता वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टीमा एकता नहुने बताउदै आउनु भएको छ नी ?
आफ्ना कुरा राख्न पाइन्छ । महासमितिमा त्यसो भन्नु भएन अहिले भन्नुभएहोला ।

० गुटगत राजनीति अब झन मौलाउँने सम्भावना छ नि ?
राजनीति गर्ने मान्छेले यस्तो तयारी सधैँ गरिरहन्छ । कहिले संसदीय चुनाव जित्ने कहिले महाधिवेशनको चुनाव जित्ने तयारी भइरहन्छ । यो त ठूलो कुरा भएन ।

० आगामी फागुन मै महाधिशेन गरौँ भन्ने रामचन्द्र पौडेलेको प्रस्तावमा किन सहमति भएन ?
त्यो उहाँको व्यक्तिगत चाहना हो । तर महासमितिले पारित गरेन । अबको महाधिवेशन भनेको त संशोधित विधानअनुसार हुन्छ ।

० कांग्रेसले हिन्दुराष्ट्रको एजेण्डा अघि सारेको हो ? नेकपा अध्यक्ष पुष्पकमल दाहालले त कांग्रेस फेरी पछाडि फर्किन खोजेको आरोप लगाउनुभएको छ नि ?
हाम्रो पार्टीमा सबैले आफ्नो विचार राख्न पाउँछन् । कम्युनिष्ट जस्तो विचारमै निषेध गर्ने पार्टी होइन । तर नेपाली कांग्रेसले संविधानमा भएको सबै विषयलाई पारित गरेको छ । धर्म निरपेक्षतालाई पनि मानेको छ ।

० तर, महासमिति बैठकमा अधिकांश सदस्यहरुले त हिन्दुराष्ट्रको माग गरे नि ?
बहस त जुनसुकै विषयमा पनि चल्न सक्छ । माग राख्नेलाई छुट छ । मुख्य कुरा कांग्रेसले के निर्णय गर्यो भन्ने हो ।

० सरकारले गरेका कामप्रति कांग्रेसको धारणा के हो ?
हामीले महासमिति बैठकबाट सरकारबारे धारणा राखिसकेका छाँै । वाइडबढी खरिद प्रकरणमा भ्रष्टाचार भयो । बुढिगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढ्न सकेको छैन । संस्थागत भ्रष्टाचारहरु मौलाइरहेका छन् । हत्या र बलात्कार रोकिएन । निर्मला पन्त प्रकरणका दोषीलाई पक्राउ गर्न नसकेको मात्रै होइन, अपराधी लुकाउने काम नै सरकारले गरिरहेको छ । सरकार अधिनायकवादतिर गइरहेको छ । जुनसुकैबेला हामी आन्दोलन गर्न सक्छाँै । सरकारको काम हेरिरहेका छौं ।

० प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको धर्मको विषयमा धारणा के हो ?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्टीले यसअगाडि देखिनै स्पष्ट रुपमा बताउँदै आएको छ । अहिले संविधानमा उल्लेख धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता बनाउने बहस पार्टीको भर्खरै सम्पन्न महासमिति बैठकमा पनि उठ्यो । हामी धार्मिक स्वतन्त्रताको पक्षमा रहेपनि अहिलेसम्म कांग्रेसले सस्थागत निर्णय गरेर हिन्दूराष्ट्रको मुद्दा बोकेको छैन । त्यस बारेमा पार्टीमा गम्भिर बहस पनि भएको छैन । चर्चा हुनु स्वभाविक हो ।

० कांग्रेसको महासमिति बैठकमा सरकारबारे के बुझाई रहयो ?
बहिरबाटै देखिएको कुरा हो, वर्तमान सरकारले एउटा पनि राम्रो काम गर्न सकेको छैन । कांग्रेस महासमिति सदस्यहरुले पनि त्यहि विषय उठाउनु भएको छ ।

संविधानको बर्खिलापमा आफ्ना कार्यकर्ता पेस्ने काम भइरहेको छ । आम नागरिकलाई कसरी हुन्छ गाह्रोमा पार्ने काम सरकारले गरेको दृष्टान्तसहितका उदाहरण साथीहरुले महासमिति बैठकमा पेश गर्नुभयो । सुशासनको ठाउँमा कुशासन दिने कार्य सरकारबाट भइरहेको छ ।

होली वाईन पिउने काम सरकारले आफ्ना सांसद र स्थानीय तहमा जितेका जनप्रतिनिधिहरुका जोडि बोलाएर गर्यो । जनताले हेरिरहेकाछनर सरकारलाई । वाईडबडी जहाज प्रकरण छताछुल्ल भइरहेको छ । नेकपाभित्रै असन्तुष्टि बढेको मिडियामा खवर आइरहेका छन् ।

० महासमितिमा महाधिवेशनको पनि चर्चा भयो । अब कहिले होला महाधिवेशन ?
महाधिवेशन अब दुई वर्षपछि हुन्छ ।

7515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका