जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • रौतहटमा अजोड इन्स्योरेन्सको घुुम्ती सेवा

रौतहटमा अजोड इन्स्योरेन्सको घुुम्ती सेवा

अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ ।

चैत १९, २० र २१ गते चन्द्रपुर नगरपालिका वडा नं. १० स्थित वरेडवामा घुम्ती सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

चन्द्रपुर नगरपालिका वडा नं. १० का अध्यक्ष जयराम चौधरी, वडा सदस्य प्रभु चौधरी, अर्गानिक दुग्ध विकास सहकारी संस्थाका सचिव रामलोचन चौधरीको अतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए ।

कार्यक्रममा अजोडका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारिताको बारेमा प्रष्ट पारेका थिए ।

सो कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं. १०, वरेडवाका कृषकहरु, अजोडका मधेश प्रदेशका प्रमुख हुलास यादव सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

7135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका