जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • एनआईसी एशिया बैंकका सीईओ न्यौपाने ‘म्यानेजर अफ दी इयर २०२२’ बाट सम्मानित

एनआईसी एशिया बैंकका सीईओ न्यौपाने ‘म्यानेजर अफ दी इयर २०२२’ बाट सम्मानित

नेपाल व्यवस्थापन संघ (म्यान) ले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याउनु भएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘म्यानेजर अफ दी इयर २०२२’ बाट सम्मानित गरेको छ ।

शनिवार राजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै ‘म्यानेजर अफ दी इयर २०२२’ का विजेता न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण एनआईसी एशिया टिमलाई समर्पण गर्दै उक्त पुरस्कारबाट सम्मानित भएकोमा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारीहरूप्रति कृतज्ञता जाहेर गर्नु भयो ।

उहाँको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब रू. ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. २७४ अर्ब पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि रू. ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई रू.४१.४३ पुगेको छ ।

बैंकले उहाँको नेतृत्वमा २०७८ पौष मसान्त सम्ममा देहाय बमोजिमको उत्साहजनक नतिजाहरू हासिल गरी समग्र बैंकिङ्ग क्षेत्रमा नै बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ ।

9630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्