जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • गरिमा क्यापिटलमा १९९९ मा आजीवन डिम्याट र मेरो शेयर सुविधा पाइने

गरिमा क्यापिटलमा १९९९ मा आजीवन डिम्याट र मेरो शेयर सुविधा पाइने

गरिमा क्यापिटल लिमिटेडको रु १,९९९ मा आजीवन डिम्याट र मेरो शेयर खाता योजना सार्वजनिक गरेको छ । साथै क्यापिटलले लगानी व्यवस्थापन सेवा शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । 

नयाँ वर्ष २०७९ साल तथा हालसालै साविक के.सी.एल. अस्ट्यूट क्यपिटल लिमिटेड अझ विस्तारित भई गरिमा क्यापिटल लिमिटेडको नाममा कार्य शुभारम्भ गरेको उपलक्षमा यो सेवा दिन लागेको क्यापिटलले जनाएको छ । 

 आजीवन हितग्राही तथा मेरोशेयर खाता (Lifetime DEMAT & MeroShare Account) योजना यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र एक हजार नौ सय उनान्सय मात्र) भुक्तान गरी आजीवन हितग्राही खाता खोल्न/नविकरण गर्न सकिने क्यापिटलले जनाएको छ । 

त्यस्तै, यसबाट ग्राहकहरु वर्षेनी हितग्राही तथा मेरोशेयर खाता नविकरण गर्नुपर्ने झण्झटबाट मुक्त हुन सकिने योजना ल्याएको हो । ग्राहकहरुले यो सुविधा गरिमा क्यापिटल लिमिटेडको हात्तिसार, काठमाडौँ स्थित केन्द्रीय कार्यालय वा गरिमा विकास बैंक लिमिटडका देशैभर फैलिएका शाखा कार्यालयहरु वा गरिमा क्यापिटल लिमिटेडको वेवसाईट garimacapital.com  मा गई उपभोग गर्न सक्नुहुनेछ । 

5815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?