जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • गरिमा विकास बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा ‘वृहत वृक्षारोपण’

गरिमा विकास बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा ‘वृहत वृक्षारोपण’

‘हरियो वन, नेपालको धन’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवद्र्धन हेतु यस विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार कालिका पार्क, बुढानिलकण्ठ, काठमाडौंमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वातावरण दिवस २०२२को दिन सम्पन्न उक्त कार्यक्रममा बुढानिलकण्ठ वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ एवं यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले संयुुक्त रुपमा रुख रोपी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । यस कार्यक्रमअन्तर्गत उक्त पार्कमा करिव २०० विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा दिँदै आइरहेको छ ।

6095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?