जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • हिमालयन बैंकको साधारण सेयर फुकुवा, कारोबार खुलेको पहिलो दिनमै नकारात्मक सर्किट

हिमालयन बैंकको साधारण सेयर फुकुवा, कारोबार खुलेको पहिलो दिनमै नकारात्मक सर्किट

लामो समयदेखि दास्रो बजारमा कारोबार रोक्का रहेको हिमालयन बैंकको साधारण सेयर कारोबार फुकुवा भएको छ। २०७८ वैशाख ३१ बाट दोस्रो बजारमा कारोबार रोक्का रहेको सेयर सोमबार फुकुवा भएको हो।

गत वर्ष हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक एक आपसमा मर्जर हुने सम्झौता भएपछि उनीहरुका सेयर दोस्रो बजारमा कारोबार रोकिएको थियो । चरण चरणमा वार्ता भए पनि अन्तिममा मर्जर भाँडिएको थियो।

इन्भेष्टमेन्टको सेयर गत सोमबार फुकुवा भएको थियो भने एक सातापछि हिमालयनको खुला भएको हो। दोस्रो बजारमा कारोबार खुलेको हिमालयन बैंकको सेयर मूल्यले कारोबारमा आएको पहिलो दिन ‘फर्स्ट आवर’ मा नै नकारात्मक सर्किट लगाएको छ।

११ बजेदेखि सुरु भएपछि हिमालयन बैंकका लगानीकर्ताले पहिलो घण्टामा नै ९.९९ प्रतिशत गुमाएका छन्। यस अवधिमा बैंकको ५६४ कित्ता सेयर १६ पटक खरिदबिक्री भएको छ।

5845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका