जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • हिमालयन एभरेष्ट इन्योरेन्सको एकीकृत कारोबार साउन १ देखि

हिमालयन एभरेष्ट इन्योरेन्सको एकीकृत कारोबार साउन १ देखि

हिमालयन जनरल इन्योरेन्स र एभरेष्ट इन्योरेन्स मर्ज भएर बनेको हिमालयन एभरेष्ट इन्योरेन्सले साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ।

गत असार दुई गते सम्पन्न दुवै संस्थाहरुको विशेष साधारणसभाले मर्जरमा जाने निर्णय गरेको थियो। असार ८ गते बीमा समितिले मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो।

कम्पनी रजिष्ट्रारको कार्यालयले दुवै संस्था मर्ज हुने बारे असार २३ गते स्वीकृति दिएको थियो। असार २५ गते संयुक्त मर्जर समितिको बैठकले साउन १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको थियो।

मर्ज भएपछि संयुक्त कम्पनीको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँनजिक पुगेको छ। मर्जअघि एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी सवा एक अर्ब रुपैयाँ हाराहारी र हिमालयनको एक अर्ब १७ करोड हाराहारी थियो।

5615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका