जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा पराजुली

नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा पराजुली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविण रमण पराजुलीलाई नियुक्ति दिएको छ । उनको नियुक्ति पश्चात कम्पनीले ६ महिना पछि सीइओ पाएको हो ।

कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई आगामी चार वर्षका लागि नियुक्ति गर्ने निर्णय गरेको थियो । कम्पनीमा डिसीईओ भुमिकामा कार्य गर्दै आइरहेको पराजुलिलाई सीईओ नियुक्ति पश्चात स्वीकृतका लागि बीमा समितिमा पठाएको थियो । उनको कार्यकाल ४ वर्षका लागि हुने छ ।

पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। विगतका अनुभवको आधारमा थप कार्यक्षमता प्रस्तुत गर्ने प्लेटफर्मको रूपमा पराजुलीले नेपाल लाइफलाई लिएका छन् । नेपाल लाइफ नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी हो ।

4260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका