जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • आईपे रेमिटले ल्यायो ‘तीजको रमझम, आईपे रेमिटको तीज गीतमा नाचौँ छमछम’ योजना

आईपे रेमिटले ल्यायो ‘तीजको रमझम, आईपे रेमिटको तीज गीतमा नाचौँ छमछम’ योजना

हिन्दु नारीको महान पर्व ‘हरितालिका तिज’लाई लक्षित गरी आईपे रेमिट प्रालिले ‘तिजको रमझम, आईपे रेमिटको गीतमा टिकटिक बनाई नाचौँ छमछम’ विशेष योजना र्सावजनिक गरेको छ।

यस योजना भदौ १० गतेबाट सुरु भई असोज १५ गतेसम्म लागू हुनेछ। यस योजनाअन्तर्गत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जाना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टपअप रु. ५००, टिकटक भिडियोमा सबैभन्दा बढी लाइक पाउने सहभागीले लक्की विजेतास्वरुप रु. १५ हजार र बम्पर पुरस्कारमा १ जान भाग्यशाली विजेताले रु. २० हजार प्राप्त गर्नेछ।

यस विशेष योजनामा मलेसिया, जापान कोरियालगायत विश्वको विभिन्न मुलुकबाट आईपे रेमिटमार्फत धेरैभन्दा धेरै कारोबार गरी योजनालाई सफल बनाइन सम्पूर्ण सेवाग्राही तथा साझेदार मित्रहरुलाई कम्पनीले आग्रह गरेको छ।

नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको २० हजारभन्दा बढी भुक्तानी केन्द्रबाट आईपे रेमिटमार्फत पठाएको पैसा सजिलै प्राप्त गर्न सकिन्छ। यसका साथै नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्थामा रियल टाइम अकाउन्ट डिपोजिट र ई–वालेटमा रियल टाइम टपअप गर्न सकिने पनि आईपे रेमिटका बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी गराए।

4050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका