जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा डिजिटल विक सार्वजनिक

कामना सेवा विकास बैंकद्वारा डिजिटल विक सार्वजनिक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई डिजिटल माध्यममार्फत् सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नको लागि मिति २०७९ साल भाद्र १९ गते आईतबारदेखि २०७९ साल भाद्र २४ गते शुक्रबारसम्म केएस डिजिटल विक सार्वजनिक गरेको हो ।

नगद छोडौं, डिजिटल रोजौं कार्यक्रम अन्तर्गत यस केएस डिजिटल विकमा कामना सेवा विकास बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम ५० वा १५ प्रतिशत बोनस बापत कामना सेवा बैंकमा रहेको आफ्नो खातामार्फत् प्राप्त गर्न सक्नेछन् ।
साथै बैंकका ग्राहकले समेत डिजिटल कारोबारमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । आइएमइ पे तथा खल्ती डिजिटल वालेटमा कामना सेवा विकास बैंक लिङ्क गरी १०० सम्मको क्यास ब्याकलगायत अन्य थुप्रै डिस्काउन्ट र आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।
बैंकले यो योजना आफ्नो डिजिटल पार्टनर्स फोनपे, एफवान सफ्ट, एनसीएचएल, आइएमइ पे, भिजा, र खल्ती डिजिटल वालेटसँगको संयुक्त साझेदारीमा ल्याएको हो ।

बैंकले डिजिटल कारोबार लाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको विद्युत्तीय भुक्तानी वर्षलाई टेवा पुर्याउने बैंकले जनाएको छ ।

3280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका