
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले रौतहट जिल्ला स्थित समनपुर शाखा कार्यालयबाट ८० जना ग्राहक सदस्यहरुलाई बाख्रापालन तालिम प्रदान गरेकोे छ । वित्तीय संस्थासँग आद्ध सदस्यहरुको आम्दानीको श्रोत बृद्घि गराउने उद्देश्यका साथ संचालन भएको तालिममा सोही शाखाका शाखा प्रमुख राजु लामाको अध्यक्ष रहेको थियो भने प्रमुख अतिथिको रुपमा दहियार स्टेशन कार्यालयका प्रमुख भुपेन्द्र बहादुर खड्का रहेका थिए ।
तालिममा पशु स्वास्थ्य डाक्टरद्वय सुलभ कुमार चौधरी तथा केशव खड्काले बाख्रा पालन गर्दाका फाइदा, बाख्रा पालन गर्ने तरिका तथा बाख्रालाई रोगलाग्दा कसरी रोकथाम गर्ने भन्ने विषयमा तालिम दिएका थिए । विगत आर्थिक बर्षहरुमा जस्तै यस आर्थिक बर्षमा पनि वित्तीय संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत आफ्ना सदस्यहरुलाई तालिम तथा अवलोकन भ्रमण लगायत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































