जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • सरकारले करिब ५ दर्जन उद्योगी व्यवासायीहरुलाई विभूषित गर्दै, को-को हुन ?

सरकारले करिब ५ दर्जन उद्योगी व्यवासायीहरुलाई विभूषित गर्दै, को-को हुन ?

सरकारले करिब पाँच दर्जन बढी उद्योगी व्यवासायीहरुलाई सम्मान गर्ने भएको छ । सरकारले विभिन्न पदहरुबाट उद्योगी व्यवासायीहरुलाई सम्मान गर्ने भएको हो । सरकारले संविधान दिवसको अवसर पारेर उद्यमी चन्द्रप्रसाद ढकाल र पशुपति मुरारकासहित ५ दर्जन व्यवासायीहरुलाई सम्मान गर्ने भएको हो । सरकारले उद्योगी ढकाल र मुरारककालाई सुकीर्तिमय राष्ट्रदीपबाट सम्मान गर्न लागेको हो ।

सरकारले संविधान दिवसको अवसर पारेर सरकारले सर्वोच्च मानपदवीबाट व्यवसायीहरुलाई सम्मानित गर्न लागेको हो । सरकारले नेपाल रत्न पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला र प्रसिद्ध जनसेवाश्री स्वर्गीय प्रभाकर शम्शेर जबरालाई प्रदान गर्ने भएको छ ।

यस्तै, सुप्रबल जनसेवाश्रीबाट व्यवसायी कुशकुमार जोशी, कुसुम लामा, राजेशकुमार अग्रवाल, पर्यटन व्यवसायी राम थापा, रामबहादुर कोइरी, शशिधर शर्मा, अरुणकुमार केसी, जगदीशप्रसाद अग्रवाल, कर्पोरेट कानुनव्यवसायी सेमन्त दाहाल, मुरलीधर रुंगटा, बेनीगोपाल मुन्दडा पनि सम्मानित हुने भएका छन्।

त्यसैगरि सोही पद पदवीबाट मारिया डेल पिलार, जोस मान्युल भिलानोभा गरी दुई स्पेनी व्यवसायी पनि सम्मानित हुने भएका छन् । होटल ब्यवसायी सृजना राणा, कीर्तिमय राष्ट्रदीपबाट जीवा लामिछाने, प्रवल जनसेवाश्रीबाट व्यवसायी सुशीलकुमार गोयन्का, यादव कुँवर, महेन्द्रकुमार श्रेष्ठ, सुनिलकुमार बंशल, कृषि उद्यमी खेमबहादुर केसी सम्मानीत हुने भएका छन् । सोही पदबाट भरतप्रसाद पराजुली, प्रभु एयरका विनोद थकाली, ओमकार गौचन, गोविन्दप्रसाद थपलिया, बटु लामिछाने, दीपेन्द्रकुमार कलवार सम्मानित हुने भएका हुन् ।

व्यवसायी बालकृष्ण भुसाल, प्रमुख कार्यकारी अधिकृत डा.जनकबहादुर चन्द, पर्यटन व्यवसायी रामकुमार केसी, डा. सुबोधकुमार गुप्ता, भीमप्रसाद घिमिरे, सीताराम उप्रेती, विज्ञापन व्यवसायी राजेन्द्रप्रसाद अर्याल, व्यवसायी सुरेन्द्रकुमार गोयल, चतुर्भुज अग्रवाल (सरिया), नरेशप्रसाद श्रेष्ठ, खुमबहादुर सुवेदी, उमाशंकर अग्रवाल, अशोक कुमार वैद्य, प्रतापजंग पाण्डे, प्रेमकुमार श्रेष्ठ, प्रमोदकुमार अग्रवाल, गुणनिधि भण्डारी (माधव), दीपक कुँवर, सुरकृष्ण वैद्य, पवनकुमार अग्रवाल, डा. शान्तकुमार उपाध्याय (शर्मा), कुमुदकुमार दुगड, लक्ष्मी शर्मा, सरोजकुमार उपाध्याय पनि सम्मानित हुने भएका हुन् ।

सरकारले राष्ट्रदीपबाट कृषि उद्यमी नारायणप्रसाद पन्थ, दिनेश अधिकारी, गणेश कार्की, अटो व्यवसायी मिलनबाबु मल्ल, कृष्णमुराहरि अग्रवाल, जीवकान्त काफ्ले, ढकेश्वर घिमिरे, योगेश घिमिरे, सुमनविक्रम पाण्डे, मानसिंह साउद, मिङ्मा शेर्पा, अश्मिलाल भट्टराई, राजु कार्की, राजेन्द्रकुमार अग्रवाल सम्मान गर्ने भएको हो ।

1945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका