जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजनामा कसरी हुन्छ ग्राहकको रकम दुई वर्षमा दोब्बर

ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजनामा कसरी हुन्छ ग्राहकको रकम दुई वर्षमा दोब्बर

ग्लोबल आइएमई बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ अन्तर्गत ग्राहकको निरन्तर बचत गर्ने बानीलाई प्रोत्साहन गर्न प्रारम्भिक रकमको १० प्रतिशत त्रैमासिक रुपमा (अन्तिम त्रैमासबाहेक) जम्मा गर्दा प्रारम्भिक रकमको दुई गुणा दुई वर्षमै प्राप्त हुने जनाएको छ।

योजनामा सहभागी हुन न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ। उदाहरणको लागि कुनै ग्राहकले १ लाख रुपैयाँ रकम राखेर ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ अन्तर्गत खाता खोल्दा हरेक तीन महिनामा १० हजार रुपैयाँका दरले सात पटकसम्म रकम थप्दै जानुपर्ने बैंकले जनाएको छ।

यसरी रकम थप्दा २ वर्षको अवधिमा उक्त रकम दुई गुणा हुनेछ। अन्तिम त्रैमासमा भने रकम थप्न नपाइने बैंकले जनाएको छ। मुद्दती निक्षेपको अवधि समाप्तिमा ग्राहकले २ गुणा रकम प्राप्त गर्ने बताइएको छ।

योजनाले साना व्यवसाय गर्ने, नोकरी एवं निश्चित आय भएकाहरुलाई निरन्तर बचत गर्ने बानी प्रोत्साहन गर्न उपयुक्त हुने विश्वास बैंकको छ।

4590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका