जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकबाट रु. ७ लाख हस्तान्तरण

दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकबाट रु. ७ लाख हस्तान्तरण

दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैक नेपाल लिमिटेडले बीमा बापतको रकम प्रदान गरेको छ।

मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भी २०२०’ खोलेका नेपाली सेनाका रामबहादुर गुरुङका परिवारलाई बैंकले सोही खातामा भएको योजनाबमोजिम बीमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो। बिराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङलाई प्रदान गरिएको मेगा बैकले जनाएको छ।

मृतक गुरुङले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भी २०२०’ खोलेका थिए। २०७८ सालमा सवारी दुर्घटनामा परी उनको निधन भएको थियो।

मेगा बैकले तलबी खातामा बीमा सुविधा प्रदान गर्दै आएको बैंकको प्रदेश एकका प्रमुख विवेकबन्धु न्यौपानेले बताए।

न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भी २०२०’ मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बीमा गरिदिएको छ। ग्राहक र तिनका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट केही वित्तीय राहत मिलोस् भनेर बैंकले ग्राहकहरुका लागि यो योजना ल्याएको हो।

4605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका