कामना सेवा विकास बैंक र होटल जल महल पोखरा बीच मर्चेन्ट सम्झौता भएको छ ।
कामना सेवा बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकले पोखराको पार्दी स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउन सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।