जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई पास नचाहिने

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई पास नचाहिने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर सीमित कर्मचारीबाट आलोपालो प्रणालीमा सेवा प्रवाह गर्न निर्देशन दिएको छ । निषेधाज्ञा अवधिभर न्यूनतम बैंकिङ सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

सरकारले बुधबार रातिदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको हो । यसअवधिमा अत्यावश्यक सेवाबाहेकका सबै व्यापार व्यवसाय बन्द गर्र्न सरकारले निर्णय गरिसकेको छ ।

निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई विशेष पास नचाहिने समेत सरकारले स्पष्ट पारेको छ । अब बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीले कार्यालयले उपलब्ध गराएको फोटोसहितको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् ।

राष्ट्र बैंकले सरकारले निषेधाज्ञा गरेको समयमा बैंक तथा वित्तीय संस्थाले कसरी काम गर्ने भन्ने बारेमा सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सूचना जारी गर्दै यो अवधिमा स्वास्थ्यको मापदण्ड पुरा गरेर काम गर्न भनेको छ । कोरोनाको असर बढ्दै गएको भन्दै विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता प्रदान गरी आफ्नो ग्राहकलाई सम्भव भएसँगै विद्युतीय माध्यमबाट कारोबार गर्न भनेको हो ।

9315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?