जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकले लक्ष्मी पूजाको दिन सुरु गर्यो मेसिनमार्फत नगद जम्मा गर्ने सेवा

सिटिजन्स बैंकले लक्ष्मी पूजाको दिन सुरु गर्यो मेसिनमार्फत नगद जम्मा गर्ने सेवा

सिटिजन्स बैंकले मानव सहायताबिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको सुरुवात गरेको छ । बैंकले २०७९ सालको तिहारको लक्ष्मी पूजाको दिन पारेर उक्त सेवाको सुरुवात हो ।

यो मेसिनबाट ग्राहकले कुनै भौतिक फारम बिना नै सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्य कसैको बैंक खातामा खाता नम्बरको आधारमा रकम जम्मा गर्न सक्नेछन् ।

क्यास डिपोजिट मेसिनबाट ग्राहकले १ हजार र ५ सय दरका नोटहरू मात्र जम्मा गर्न सक्नेछन् । यो सेवासँगै शाखामा पुगेर लाइनमा बसी फारम भरी नगद जम्मा गर्ने झन्झटबाट ग्राहकहरु मुक्त हुने बैंकको विश्वास छ ।

अहिले बैंकको दरवारमार्ग शाखा (नारायणहिटी पथ) बाट यो सेवा सञ्चालनमा छ । यसलाई क्रमशः देशका अन्य शाखाहरूमा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले आधुनिक बैंकिङ्गको प्रमुख अंगको रुपमा रहेको डिजिटल बैंकिङ्गलाई सिटिजन्स बैंकले प्रभावकारी ढंगले अगााडि बढाएको बताएका छन् ।

सिटिजन्स बैंकले हाल १८० वटा शाखा, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

5425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका