तिहारको समयमा बैंकहरु बन्द नहुने भएका छन् । बैंकहरुले आफ्ना केही शाखा खुल्ला राख्ने जानकारी गराएका छन् । नेपाल राष्ट्र बैंकले दसैँ तिहारको सार्वजनिक विदामा सेवा कायम राख्न बैंकहरुलाई निर्देशन दिएको थियो ।
जस अनुसार बैंकहरुले ७ वटै प्रदेशमा रहेका आफ्ना निश्चित शाखाहरु खुलाउने जानकारी गराएका छन् । ति शाखाबाट बैंकिङ कारोबार हुने छ । कुन शाखा कुन दिन सञ्चालन गर्ने बारेमा हरेक बैंकहरुले आफ्नो सेवसाइटमा जानकारी राखेका छन् ।