महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेश कुमार भट्टराई पुनःनियुक्त भएका छन् ।
कम्पनीको शुक्रबार बसेको ६६औं सञ्चालक समितिको बैठकले वर्तमान सिईओ भट्टराईलाई पुन नियुक्त गरेको हो । कम्पनीले उनलाई पुस १७ गते देखि लागु हुने गरी ४ वर्ष अवधिका लागि पूनः नियुक्ति गर्ने निर्णय भएको हो ।