सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष राजेश कुमार श्रेष्ठले सेञ्चुरी र प्रभु बैंकको मर्जरले सबै कर्मचारी तथा दुवै बैंकको नेतृत्व खुसी भएको दाबी गरेका छन् । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंकले प्राप्ति गरेपछि सुरु गरिएको एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा श्रेष्ठले यस्तो बताएका हुन् । उनले मर्जरका क्रममा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।
उनले बिग मर्जरले छुट्टै सिनर्जी पैदा गरेकोसमेत बताएका छन् । ‘बिग मर्जरले छुट्टै सिनर्जी पैदा गरेको छ । यसले बैंकलाई थप सशक्त र सुदृढ बनाउनेछ ।’ कार्यक्रममा बोल्दै उनले भने ।
उनले छोटो समयमा मर्जरमा संघाउने सबैलाई धन्यवादसमेत दिएका छन् । ‘प्रभु र सेञ्चुरी मिलेर अव प्रभु बैंक थप ठुलो बनेकोमा हामी अत्यन्तै खुसी छौं ।’ सबैलाई धन्यवाद दिंदै उनले भने- ‘यो छोटो समयमा मर्जरमा जान सघाउने सबैलाई धन्यवाद दिन चाहान्छौँ ।’
मर्जरपछि बन्ने बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब, चुक्ता पुँजी २३ अर्ब भन्दा बढी, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब, शाख संख्या ३६५, एटिएम ३०९, एक्सेन्टस काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी हुने बैंकले जनाएको छ ।
मर्जरपछि बैंक अझ शसक्त हुने प्रभुको दाबी छ । दुई बैंक एक भएसँगै ‘सिनर्जी’सहित अगाडी बढ्नेमा प्रभु बैंकको जोड रहेको छ ।