जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • शंकास्पद कारोबार रोक्न माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप अपग्रेड

शंकास्पद कारोबार रोक्न माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप अपग्रेड

माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप एमबिएल एम स्मार्टलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउन नयाँ प्रविधि थप गरेको छ। बैंकले पछिल्लो समय मोबाइल बैंकिङ एपमार्फत देखिएका विभिन्न शंकास्पद गतिविधि र अनधिकृत कारोबारहरु कम गर्न सहयोग पुग्ने जनाएको छ। ग्राहकहरुलाई सुरक्षित राख्न आफ्नो मोबाइल बैंकिङ एप एमबिएल एम स्मार्टमा नेपाल मै पहिलोपटक उच्च सुरक्षा सतर्कताका साथ एसएमएस प्रमाणीकरण प्रविधि थप गरिएको बैंकको भनाइ छ।

मोबाइल बैंकिङमा हाल ओटीपी सेयरमार्फत सबैभन्दा धेरै अनधिकृत कारोबारहरु भइरहेको पाइएको बैंकले जनाएको छ। विभिन्न लक्की ड्र, ठुलो रकमको चिठ्ठा परेको लगायतका प्रलोभन देखाएर आफ्नो मोबाइलमा प्राप्त हुने ओटीपी सेयर गर्न लगाई ह्याकरहरुले ठुलो मात्रामा अनधिकृत कारोबार गरिरहेको पाइएको भन्दै बैंकले एपमा नयाँ प्रविधिको सुरुवात गरेको हो।

बैंकले यस प्रविधिको सुरुवात गरेसँगै ग्राहकबाट ओटीपी प्राप्त गरी मोबाइल बैंकिङमा पहुँच प्राप्त गर्ने सम्भावना बन्द भएको छ। बैंकले यो सेवा थप गरेसँगै बैंकका ग्राहकहरुको मोबाइल बैंकिङ सेवा थप सुरक्षित र भरपर्दो बन्न पुगेको छ।

2435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका