जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच सम्झौता

आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच सम्झौता

आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच छुट सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार ग्राहकहरूले आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसरीमा किराना सामान किन्दा छुट पाउन सक्नेछन्। कम्पनीका अनुसार उपभोक्ताले सामाग्री खरिदमा १० प्रतिशत छुट पाउन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पीओएस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सकिनेछ। अफर अवधिभरी काठमाडौं उपत्यकाको २४ वटा डेली ग्रोसरीका आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिन पनि सक्ने जारी विज्ञप्तिमा उल्लेख छ।

आइएमई डिजिटल सोलुसन लिमिटेडले प्रवर्द्धन गरेको आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो, जसको मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमका भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।

3735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?