जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३

आइएमई जनरलको एजिएम भोलि

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले २५औं वार्षिक साधारण सभा भोलि माघ ९ गते आयोजना गर्ने भएको छ । कम्पनीको पुस १७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बिहान ११ बजे होटल लि हिमालय लाजिम्पाटमा हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, आर्थिक वर्ष २०७८/ ७९ को लेखापरीक्षक सहितको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान, हिसाव लगायतका अनुसूचीहरु पारित गर्नेछ ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ३१ प्रतिशत नगद गरि कुल ६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव लाई अनुमोदन गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९ /८० को लागि लेखापरीक्षकको नियुक्ति र नीजको पारीश्रमिक निर्धारण गर्ने, बीमा प्राधिकरणको निर्देशन बमोजिम कपनीको प्रबन्धपत्र र नियमावली समय सापेक्ष रुपमा संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो बमोजिम फेरबदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गरेको थियो । त्यसकारण आज पुस २६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

 

4555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?