जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रुडेन्सियल, आईएमई जनरल र नेपाल इन्स्योरेन्सबीच जुट्न सकेन मर्जरको सहमति

प्रुडेन्सियल, आईएमई जनरल र नेपाल इन्स्योरेन्सबीच जुट्न सकेन मर्जरको सहमति

एकै व्यक्ति वा समूहको दुई ठाउँमा सेयर(क्रस होल्डिङ)भएका तीन निर्जीवन बीमा कम्पनीबीच मर्जरको सहमति जुट्न नसकेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले नेपाल इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र आइएमई जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्षसहित उच्च व्यवस्थापनका पदाधिकारीहरुलाई छलफलमा बोलाएको थियो ।

तर, मर्जरसम्बन्धी छलफलमा उपस्थित भएका कम्पनीहरुबीच मर्जरमा जाने वा नजाने सहमति हुन नसकेपछि प्राधिकरणले एक साताको समय दिएको हो ।

प्राधिकरणले यी तीन वटै कम्पनीहरुलाई मर्जरमा जाने वा नजाने भनेर पत्र समेत पठाएको थियो । लामो समयदेखि मर्जरमा जाने अभ्यास गरिरहेपनि सहति नजुटेको प्राधिकरणले बताएको छ ।

प्राधिकरणले यी तीन वटा निर्जीवन बीमा कम्पनीहरुलाई मर्जरमा जाने सहमति गर्न एक हप्ताको समय दिएको प्राधिकरणका एक उपनिर्देशकले बताए ।

‘कम्पनीहरुबीचमा मर्जरमा जाने सहमति हुन सकेको छैन,’ प्राधिकरणका ती उपनिर्देशकले भने,‘मर्जरमा जाने वा नजाने सहमति गर्न नसेकेका कम्पनीहरुलाई प्रारम्भिक सम्झौता गर्ने भए उक्त प्रक्रियाका लागि एक हप्ताको समय दिईएको छ ।’

क्रस होल्डिङ भएका कम्पनीहरुलाई प्राधिकरणले मर्जरमा जान प्रोत्साहन गर्दै आएको छ । कम्पनीहरुले पनि मर्जरमा जानलाई अभ्यास गरिरहेका छन् । तर, कम्पनीहरुबीचमा सेयर आदान प्रदान अनुपात(स्वाप रेसियो) मा कुरा नमिलेको प्राधिकरणको भनाइ छ ।

‘कम्पनीहरुबीचमा हालसम्म मर्जरमा जाने नजाने नै सहमति भएको छैन । स्वाप रेसियोमा कम्पनीहरुको कुरा मिलेको छैन,’ ती उपनिर्देशकले भने ।

एकै खालका कम्पनीमा एउटै लगानीकर्ता सहभागी हुँदा स्वार्थ बाझिने हुँदा प्राधिकरणले क्रस होल्डिङ् भएका कम्पनीलाई अनिवार्य रुपमा क्रस होल्डिङ् हटाउन भनेको थियो । प्राधिकरणकाअनुसार तीन निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्समा क्रस होल्डिङ छ ।

बिशाल ग्रुपको नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्समा लगानी छ । यस्तै, आइएमई ग्रुपको लगानी नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्समा पनि छ ।

यी कम्पनीहरुलाई प्राधिकरणले गत असार महिनामा नै क्रस होल्डिङ हटाउन निर्देशन दिएको थियो । क्रस होल्डिङ नहटाएमा मर्जरमा जान समेत निर्देशन प्राधिकरणले दिएको थियो ।

प्राधिकरणको निर्देशनअुसार निर्जीवन बीमा कम्पनीहरुले २०७९ चैत मसान्तसम्म साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्नेछ ।

नेपाल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी एक अर्ब ४८ करोड रुपैयाँ पुँजी छ । अब कम्पनीले एक अर्ब २ करोड थप गर्नुपर्नेछ । प्रुडेन्सियल इन्स्योरेन्सको पुँजी एक अर्ब २५ करोड रुपैयाँ पुँजी छ ।

कम्पनीले अब एक अर्ब २४ करोड रुपैयाँ थप गर्नुपर्नेछ । यस्तै, आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ छ । प्राधिकरणले ताके बमोजिमको चुक्ता पुँजी पुर्याउन कम्पनीले ६८ करोड रुपैयाँ थप गर्नुपर्छ

3860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।