जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रुडेन्सियल, आईएमई जनरल र नेपाल इन्स्योरेन्सबीच जुट्न सकेन मर्जरको सहमति

प्रुडेन्सियल, आईएमई जनरल र नेपाल इन्स्योरेन्सबीच जुट्न सकेन मर्जरको सहमति

एकै व्यक्ति वा समूहको दुई ठाउँमा सेयर(क्रस होल्डिङ)भएका तीन निर्जीवन बीमा कम्पनीबीच मर्जरको सहमति जुट्न नसकेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले नेपाल इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र आइएमई जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्षसहित उच्च व्यवस्थापनका पदाधिकारीहरुलाई छलफलमा बोलाएको थियो ।

तर, मर्जरसम्बन्धी छलफलमा उपस्थित भएका कम्पनीहरुबीच मर्जरमा जाने वा नजाने सहमति हुन नसकेपछि प्राधिकरणले एक साताको समय दिएको हो ।

प्राधिकरणले यी तीन वटै कम्पनीहरुलाई मर्जरमा जाने वा नजाने भनेर पत्र समेत पठाएको थियो । लामो समयदेखि मर्जरमा जाने अभ्यास गरिरहेपनि सहति नजुटेको प्राधिकरणले बताएको छ ।

प्राधिकरणले यी तीन वटा निर्जीवन बीमा कम्पनीहरुलाई मर्जरमा जाने सहमति गर्न एक हप्ताको समय दिएको प्राधिकरणका एक उपनिर्देशकले बताए ।

‘कम्पनीहरुबीचमा मर्जरमा जाने सहमति हुन सकेको छैन,’ प्राधिकरणका ती उपनिर्देशकले भने,‘मर्जरमा जाने वा नजाने सहमति गर्न नसेकेका कम्पनीहरुलाई प्रारम्भिक सम्झौता गर्ने भए उक्त प्रक्रियाका लागि एक हप्ताको समय दिईएको छ ।’

क्रस होल्डिङ भएका कम्पनीहरुलाई प्राधिकरणले मर्जरमा जान प्रोत्साहन गर्दै आएको छ । कम्पनीहरुले पनि मर्जरमा जानलाई अभ्यास गरिरहेका छन् । तर, कम्पनीहरुबीचमा सेयर आदान प्रदान अनुपात(स्वाप रेसियो) मा कुरा नमिलेको प्राधिकरणको भनाइ छ ।

‘कम्पनीहरुबीचमा हालसम्म मर्जरमा जाने नजाने नै सहमति भएको छैन । स्वाप रेसियोमा कम्पनीहरुको कुरा मिलेको छैन,’ ती उपनिर्देशकले भने ।

एकै खालका कम्पनीमा एउटै लगानीकर्ता सहभागी हुँदा स्वार्थ बाझिने हुँदा प्राधिकरणले क्रस होल्डिङ् भएका कम्पनीलाई अनिवार्य रुपमा क्रस होल्डिङ् हटाउन भनेको थियो । प्राधिकरणकाअनुसार तीन निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्समा क्रस होल्डिङ छ ।

बिशाल ग्रुपको नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्समा लगानी छ । यस्तै, आइएमई ग्रुपको लगानी नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्समा पनि छ ।

यी कम्पनीहरुलाई प्राधिकरणले गत असार महिनामा नै क्रस होल्डिङ हटाउन निर्देशन दिएको थियो । क्रस होल्डिङ नहटाएमा मर्जरमा जान समेत निर्देशन प्राधिकरणले दिएको थियो ।

प्राधिकरणको निर्देशनअुसार निर्जीवन बीमा कम्पनीहरुले २०७९ चैत मसान्तसम्म साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्नेछ ।

नेपाल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी एक अर्ब ४८ करोड रुपैयाँ पुँजी छ । अब कम्पनीले एक अर्ब २ करोड थप गर्नुपर्नेछ । प्रुडेन्सियल इन्स्योरेन्सको पुँजी एक अर्ब २५ करोड रुपैयाँ पुँजी छ ।

कम्पनीले अब एक अर्ब २४ करोड रुपैयाँ थप गर्नुपर्नेछ । यस्तै, आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ छ । प्राधिकरणले ताके बमोजिमको चुक्ता पुँजी पुर्याउन कम्पनीले ६८ करोड रुपैयाँ थप गर्नुपर्छ

1620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका