जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल बीमक संघको २१ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल बीमक संघको २१ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल बीमक संघको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट गत आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तथा अन्य वित्तीय विवरणहरु सर्वसम्मत स्वीकृत भएका छन् । सभामा अध्यक्ष चंकी क्षेत्रीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कोषध्यक्ष युगेशभक्त वादेले कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

नेपाल बीमक संघमा निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको प्रतिनिधित्व रहन्छ । साधारणसभामा उपाध्यक्ष सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, महासचिव नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, कोषाध्यक्ष आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादेको उपस्थिति रहेको थियो ।

संघको कार्यसमितिका पदाधिकारी सहित अन्य प्रमुख कार्यकारी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । गत वर्ष मात्रै कार्यसमिति परिवर्तन भएको थियो । अव अर्को वर्ष कार्यसमितिको लागि अधिवेशन हुनेछ

3330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका