जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु स्मार्ट फन्डको बिक्री खुला

प्रभु स्मार्ट फन्डको बिक्री खुला

प्रभु क्यापिटल सामूहिक लगानी कोषअन्तर्गत दोस्रो योजना प्रभु स्मार्ट फन्डको आज फागुन १८ गतेदेखि निष्कासन तथा बिक्री खुला गरिएको छ। प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फन्डले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँबराबरको ८ करोड इकाइ जारी गरिएको छ।

यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ। यो योजना एक बन्दमुखी योजना हो। यस योजनाले इकाइ बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशतसम्म सेयरमा लगानी गर्ने छ अर्थात् यो एक इक्विटी ओरिएन्डेड योजना हो।

निष्कासित कुल ८ करोड इकाइमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडले १ करोड १२ लाख इकाइ र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले ८ लाख इकाइ गरी कूल १ करोड २० लाख इकाइ सुरक्षित गरिएको छ। बाँकी ६ करोड ८० लाख इकाइका लागि सर्वसाधरणले फाल्गुण १८ गतेबाट आवेदन दिन सक्नेछन्। फन्डको इकाइमा इच्छुक लगानीकर्ताले छिटोमा फाल्गुण २३ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाइका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा चैत्र ३ गतेसम्म इकाइ बिक्री खुला रहने क्यापिटलले बताएको छ।

नेपालको सेयरबजारमा धेरै सेक्टरका सेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन्। त्यसमध्येका कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सवल भएको कम्पनीहरु छनौट गरी तीमध्ये उत्कृष्ट कम्पनीहरुको सेयरमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु स्मार्ट फन्ड राखिएको छ।

3735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?