जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्तानी हुने

माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्तानी हुने

काठमाडौं। स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले माछापुच्छ्रे् बैंकले सञ्चालनमा ल्याएको रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता भएको छ।

सम्झौता पत्रमा एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरेका छन्।

बिगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको एससीटी र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय रेमिट्याप वालेटवीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्ने विज्ञप्तिमा उल्लेख छ।

सम्झौतापछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्याप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्ने छन्।

इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने कम्पनीले जनाएको छ।

3520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका