जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • अब ऋणीसँग आधार दरमा बढीमा ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने

अब ऋणीसँग आधार दरमा बढीमा ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने

नेपाल बैंकर्स संघले मुद्दति निक्षेपको ब्याज दर यथावत राखेर बचतको ब्याज दर घटाउने निर्णय गरेको छ।

सबै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधीहरु सहभागी बैठकले चैत १ गतेबाट लागू हुने ब्याज दर पुनरावलोकन गरेको हो।

अहिले बचतको ब्याज दर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ। यसलाई ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय भएको हो।

अहिले कुल निक्षेपमा बचतको हिस्सा २८ प्रतिशत छ। बचतको ब्याज घट्ने बित्तिकै आधार दर कम भइहाल्छ। चैत १ गतेबाटै बचतको ब्याज कम हुने छ। यसले करिव ६ अर्ब रुपैयाँ खर्च घट्ने बैंकहरुको अनुमान छ।

मुद्दति निक्षेपको ब्याज भने यथावत राखिएको छ। बैंकरले संस्थागत मुद्दति निक्षेपको ब्याज दर तीन महिनादेखि एक बर्षसम्म समान भएको भन्दै छोटो अवधिको मुद्दतिको ब्याज घटाउने तयारी गरेका थिए। तर छलफलमा कुरा उठे पनि निर्णय भने हुन सकेन।

ऋणको प्रिमियम पनि बैंकले घटाएका छन्। अब आधार दरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने छ। यसअघि ६ प्रतिशतसम्म गर्ने निर्णय भएको थियो। केही बैंकले साढे ८ प्रतिशतसम्म प्रकाशित गरेपछि निक्कै आलोचित पनि भएको थियो।

मानौ अब आधार दर १० प्रतिशत छ भने बैंकहरुले बढिमा ५ प्रतिशत थपेर ब्याज १५ प्रतिशतसम्म लिन पाउँछन्। यद्यपी यो सबै ऋणीलाई होइन। जोखिम धेरै भएका ऋणीहरुका हकमा यो लागू हुने छ।

बैंकहरुले गत माघमा पनि ब्याज दर घटाएका थिए। १२.१३३ प्रतिशतको ब्याज दरलाई ११ प्रतिशत झारेका थिए।

निक्षेपको ब्याज घटेपनि आधार दरमा समायोजन भइसकेको थिएन। अब माघ र चैतको एकैपटक समायोजन हुने छ। यसो हुँदा ऋणको ब्याज दर १.५ प्रतिशत बिन्दुसम्म घट्न सक्ने छ।

3390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका